नियम ५४
मूल्याङ्कन समितिको व्यवस्था
(१) भन्सार कार्यालयमा दाखिला भएका सवारी तथा ढुवानीका साधन, यस नियमावली बमोजिम लिलाम बिक्री गर्नु पर्ने मालवस्तु तथा ऐनको दफा ७१ को उपदफा (३) बमोजिमको मालवस्तुको मूल्याङ्कन गर्ने प्रयोजनका निमित्त
देहाय बमोजिमको एक मूल्याङ्कन समिति रहनेछः–
(क) भन्सार कार्यालयको प्रमुख वा निजको अनुपस्थितिमा निजको कार्य गर्ने गरी तोकिएको व्यक्ति –संयोजक
(ख) सम्बन्धित जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि – सदस्य
(ग) सम्बन्धित उद्योग वाणिज्य संघको प्रतिनिधि – सदस्य
(घ) सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि –सदस्य
(ङ) सवारी र ढुवानी साधनको हकमा मेकानिकल प्राविधिक –सदस्य
(२) उपनियम (१) बमोजिमको समितिले मालवस्तुको मूल्य कायम गर्दा मालवस्तुको भौतिक अवस्था, स्थानीय माग, उपयोगिता, प्रयोग गर्न सकिने अवधि, ह्रासकट्टी, अवशेष मूल्य र बजार मूल्यसमेत विचार गर्नु पर्नेछ । ऐनको दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम खरिद गरिएको मालवस्तुको मूल्य कायम गर्दा सो मालवस्तु खरिद गर्दा भुक्तानी गरिएको मूल्य, सो मालवस्तु पैठारी गर्दा लाग्ने भन्सार महसुल र सो मालवस्तुको बजार मूल्य समेत विचार गरी मूल्य कायम गर्नु पर्नेछ ।
(२क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भन्सार कार्यालयमा दाखिला भएको यस नियम बमोजिम लिलाम बिक्री गर्नुपर्ने सवारी र ढुवानीका साधन बाहेक एक लाख पचास हजार रुपैयाँको मूल्यसम्मका मालवस्तुहरु लिलाम बिक्री गर्ने प्रयोजनको निमित्त उपनियम (२) बमोजिमको मूल्य कायम गर्ने शर्तहरुको अधिनमा रही भन्सार अधिकृतले सिधै मूल्य कायम गर्न सक्नेछ । भन्सार कार्यालयमा लिलाम प्रयोजनका निमित्त मालवस्तु दाखिला हुँदा उल्लेख भएको प्रतिवेदन मूल्य अस्वभाविक रुपमा बढी भएको भन्सार अधिकृतलाई लागेमा उपनियम (१) बमोजिमको मूल्याङ्कन समितिबाट शुरुको अवस्थामा नै मूल्य कायम गरी सो मालवस्तुको लिलाम विक्री गरिनेछ ।
(३) उपनियम (१) बमोजिमको मूल्याङ्कन समितिले आवश्यक ठानेमा अन्य व्यक्तिलाई समेत समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(४) उपनियम (१) बमोजिमको समितिको बैठकमा संयोजक र अन्य दुई जना सदस्यको उपस्थिति भएमा गणपूरक संख्या पुगेको मानिने छ र बहुमतको निर्णय मान्य हुनेछ ।
(५) यस नियम बमोजिम समितिको बैठकमा सहभागी हुने व्यक्तिलाई अर्थ मन्त्रालयले तोके बमोजिम बैठक भत्ता उपलब्ध गराइनेछ ।